ललितपुरमा बुधबार स्थानीय बिदा
मङ्गलबार, ०८ जेठ २०८१, २१ : २३

ललितपुर । ललितपुर महानगरपालिकाले बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति हुने तथा परम्परादेखिको धार्मिक महत्त्वको दिन भएको भन्दै महानगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकले महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा