इजरायली सेनाको आक्रमणमा डाक्टरसहित सात जनाको मृत्यु
मङ्गलबार, ०८ जेठ २०८१, २१ : २०

गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको जनाएको छ । प्यालेस्टिनी रेड क्रिसेन्टले मारिनेमा एक डाक्टर पनि रहेको जनाएको हो ।
यता इजरायली सेनाले वेस्ट बैंकमा लडाकुहरूविरुद्ध अभियान सुरु गरेको र धेरै बन्दुकधारीहरू मारिएको बताएको छ। हालैका हप्ताहरूमा इजरायली सेनाले जेनिन क्याम्प र वेस्ट बैंकका अन्य भागहरूमा कारबाही बढाएको छ।
गाजामा जारी द्वन्द्वपछि वेस्ट बैंकमा इजरायली सेनाको कारबाहीमा ठूलो संख्यामा मानिस मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ
-
इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी
-
दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
-
प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)
-
सहकारी थरीथरीका : केहीले ठगे, केही मन जित्दै
-
नेपाली सेनाले खुलायो पदिक तथा बिल्लादार पदमा आवेदन (सूचनासहित)