कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता

सुर्खेत । नवौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता असार २ र ३ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद परिषद्को स्वीकृति तथा नेपाल हाप्किडो संघको आयोजनामा संघको वार्षिक नियमित कार्यक्रम अनुसार आयोजना हुन लागेको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले जानकारी दिए । प्रतियोगितामा क्युरोगी, होसिन्सुल, हाइ फल र लङ फलमा प्रतिस्पर्धा हुने छन् ।
खेलाडीलाई निरन्तर चलायनमान गर्न, खेलाडीको क्षमता विकासको लागि, खेलाडीलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न, स्थानीय स्तरदेखि कार्यक्रमहरू व्यापक रूपमा आयोजना गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न, हाप्किडो खेल विकास र प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्नका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको महासचिव महराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)