मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०८ जेठ २०८१, १९ : ३६
मङ्गलबार, ०८ जेठ २०८१

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । वीरगन्जको विभिन्न ठाउँमा चलाएको विशेष जाँचमा प्रहरीले भन्सार छलीका १ करोडभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । 

वीरगन्जको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर लगायतका सामान बरामद गरेको जनाएको छ । 

प्रहरी प्रवक्ता कुमार विक्रम थापाले १ करोड ३९ लाख १३ हजार ४४२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको जानकारी दिए । 

उनका अनुसार सामानसहित २ वटा ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको टोलीले महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक  नियन्त्रणमा लिएको हो । 

यी दुवै ट्रकमा रहेका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको डीएसपी थापाको भनाइ छ । 

यता वीरगन्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । 

बरामद सामानसहित २ वटै ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप