अर्थमन्त्री पुनको बैंकमा ३३ लाख, रोल्पामा घर (सम्पत्ति विवरणसहित)
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ५९

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखिएको छ ।
मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सार्वजनिक विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।
यसबाहेक उनीसँग रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ भने जुन पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत