सम्पत्ति विवरण
कृषि मन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ४७

काठमाडौँ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बारामा श्रीमान् अमृतकुमार शर्मा बजगाईको नाममा ६ कट्ठा, सर्लाहीमा ५ बिघा, १९ कट्ठा जग्गा रहेको उल्लेख गरेकी छिन ।
मन्त्री साहको कलैयामा १५ कट्ठा जग्गा र १० कट्ठा जग्गा जग्गा रहेको छ । यस्तै सुन १० तोला, चाँदी २५ तोला रहेको छ ।
नगदतर्फ सानिमा बैंकमा ३० हजार रुपैयाँ, श्रीमानको नाममा १० हजार रुपैयाँ र चार कट्ठा जग्गामा बनेको अढाई तले घर रहेको मन्त्री साहको सम्पत्ति विवरणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव
-
सानोठिमीमा क्रान्तिकारी र नेविसंघको गठबन्धन, क्रान्तिकारीका ठगुन्ना साझा उम्मेदवार
-
मञ्जुश्री ट्रेल रेस चैतमा
-
कमल थापाले भने– राजाको आह्वानलाई जनताको अनुमोदन
-
बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट
-
लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने