विमान आँधीमा फस्दा एक यात्रुको मृत्यु, ३० जना घाइते
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ३९

लन्डन । लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमान आँधीमा फस्दा एक जना यात्रुको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।
सिंगापुर एयरलाइन्सको यो विमान पनि हवाई आँधीमा फसेको बताइएको छ । सिङ्गापुर गइरहेको यो उडानलाई आकस्मिक रुपमा बैंककमा अवतरण गर्नु परेको थियो । सो बोइङ ७७७–३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको सिंगापुर एयरलाइन्सले बताएको छ ।
सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । हवाई आँधीलाई एयर टर्ब्यूलेन्स भनिन्छ । हवाई आँधीमा विमान फसेर यात्रीहरुलाई चोटपटक लागेको घटनाहरु धेरै सुन्नमा आउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर