उद्योगमन्त्रीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख छ ।
यता, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् ।
यता, प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा भनिएको छ । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’