सरकारबाट प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला भयो : राजेन्द्र बजगाईँ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँले गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा कान्तिपुर मिडियामाथि सरकारले अनैतिक हमला गरेका बताएका छन् ।
सोमबार दिउँसो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर फर्किएपछि बजगाईँले सरकार प्रतिशोधमा उत्रिएको बताए ।
‘कान्तिपुरमाथि प्रतिसोधका आधारमा सरकारले पक्राउ पुर्जी जारी गरिएको छ भनिएको छ । हामीले उहाँको नागरिकताबारे पनि अध्ययन गरौँ । उहाँले दुई वटा नागरिकता लिनु भएको छैन । मिति फरक परेको हो । मिति फरक पर्नुमा प्रशासन कार्यालयको पनि त्रुटि होला,’ उनले भने ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता, पासवर्ड र सहकारीको काण्डबारे समाचार लेखेपछि प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष सिरोहिया र कान्तिपुर मिडियामाथि अनैतिक हमला भएको उनको भनाइ छ ।
‘उहाँ अनुसन्धान गर्ने निकायको कार्यकारीमाथि हामी नेपाली कांग्रेस र नेपालको स्वतन्त्र प्रेसले उठाएको कुरामा व्यक्तिगत प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर मिडिया र प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला गर्नु भएको छ,’ उनले भने, ‘त्यसको विरुद्धमा हामी ऐक्यबद्धता गर्न आएका हौँ । कान्तिपुरको मिडिया हाउसमा प्रहरी बसेको थाहा पाएपछि संसद् बन्द हुनासाथ हामी ऐक्यबद्धता गर्न आएका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास