पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । यस्ता ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने उनको भनाइ छ ।
मंगलबार आफूलाई भेट्न पुगेका नेपाली कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँध्न खोजिएपनि कान्तिपुरले आफ्नो काम गरिरहने बताए ।
‘व्यक्तिगत रुपमा म जस्तोसुकै अनुसन्धान र आक्षेप सहन तयार छु । तर कान्तिपुर मिडिया ग्रुपलाईू राजनीतिक सौदाबाजी गर्न खोजेको मलाई पटक्कै मान्य छैन’, उनले भने । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेपछि ब्याग, लुगाफाटो र औषधि सबै गाडीमा हालेर अफिस आएको पनि बताए । ‘म त यो कुरा थाहा पाएपछि, ब्याग, लुगाफाटो औषधि सबै हालेरै आएको छु गाडीमा’, उनले भने ।
नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ
-
भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो
-
राजावादीको तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री (तस्बिरहरू)
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ