सिरोहिया भेट्न कांग्रेस नेताको लर्को

काठमाडौँ । पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् ।
सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।
जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।
कांग्रेस सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरे आफूहरूको साथ रहने सिरोहियालाई बताएको कांग्रेस सांसद रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
यता आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको सिरोहियाको दाबी थियो । उनले भने, ‘यस्ता कुनै पनि ब्लाकमेलिङ र राजनीतिक ब्ल्याकमेलिङबाट हामी कति पनि विचलित नभई आफ्नो कर्तव्य पूरा गर्छौँ ।’
‘व्यक्तिगतरुपमा म जस्तो पनि अनुसन्धान भोग्नका लागि तयार छु,’ कांग्रेस नेताहरूसँग सिरोहियाले भने, ‘तर कान्तिपुर मिडिया ग्रुपलाई राजनीतिक सौदाबाजी गरेको मलाई मान्य छैन । यसका लागि तपाईंहरूको ऐक्यबद्धताका लागि तपाईंहरूलाई धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र
-
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ
-
भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो
-
राजावादीको तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री (तस्बिरहरू)
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज