बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
आजको संसद् : कांग्रेसको अवरोध, सरकारको पेलाइ
फोटोफिचर

आजको संसद् : कांग्रेसको अवरोध, सरकारको पेलाइ

मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।

यता, सरकार भने प्रतिपक्षलाई पेलेरै अघि बढ्ने देखिएको छ । सोमबार अवरोधका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका थिए । मंगलबारको बैठकमा पनि सरकारले विभिन्न प्रस्ताव तथा अध्यादेश पेस गरेको हो । 

आजको बैठकबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ भने राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ । 

कांग्रेसले बेल घेराउ गरिरहेका बेला उद्योगमन्त्रीले पनि ८ वटा कानुन संशोधनको अध्यादेश पेस गरे ।

हेरौँ आजको बैठकका केही तस्बिरहरू (तस्बिर : कृष्ण खड्का, नेपाल फोटो लाइब्रेरी)

parliament obstruction (1)parliament obstruction (2)parliament obstruction (3)parliament obstruction (4)parliament obstruction (5)parliament obstruction (6)parliament obstruction (7)parliament obstruction (8)parliament obstruction (9)parliament obstruction (10)parliament obstruction (11)parliament obstruction (12)parliament obstruction (13)parliament obstruction (14)parliament obstruction (15)parliament obstruction (16)parliament obstruction (17)parliament obstruction (18)parliament obstruction (19)parliament obstruction (20)parliament obstruction (21)parliament obstruction (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया