गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए ।
उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्याइदिने चेतावनी दिए ।
कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म जानकारी गराउन चाहन्छु ।’
उनले संसदीय छानबिन समितिको टिओआर नबनेसम्म संसद् बैठक नचल्ने बताए ।
फर्जी नागरिकता लिएको उजुरीपछि कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?