भीड थेगिनसक्नु भएपछि चार धाम यात्राका लागि अफलाइन दर्ता ३१ मेसम्म बन्द
मङ्गलबार, ०८ जेठ २०८१, १२ : ३१
उत्तरखन्ड । चार धाम यात्राका लागि भीड थेगिनसक्नु भएपछि यात्रामा जानका लागि नाम दर्ता बन्द गरिएको छ । भीडलाई हेरेर मे ३१ सम्म अफलाइन दर्ता बन्द गरिएको छ । त्यसपछि भने तीर्थयात्रीहरूको घुइँचो हेरेर फैसला गरिने बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चार धाम यात्राबारे समीक्षा बैठक गरेका थिए ।
बैठकमा उनले श्रद्धालुहरूको सङ्ख्या नियन्त्रित गर्न दूर अपरेटरहरुका लागि एड्भाइजरी जारी गर्ने निर्देशन दिएका थिए । उत्तराखण्डमा मे १० देखि चार धाम यात्रा सुरु गरिएको थियो । यात्रा सुरु हुने बित्तिकै चारै धाममा क्षमताभन्दा धेरै तीर्थयात्रीहरू पुगिरहेका छन् ।
यात्रा सुरु भएको १० दिनमै २६ लाख भन्दा धेरै तीर्थयात्रीहरूले चार धामको यात्रा गरेका छन् भने यस क्रममा १७ तीर्थयात्रीहरूको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने