बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

करण जोहरको मेगा बजेट फिल्ममा टाइगर श्राफ

मङ्गलबार, ०८ जेठ २०८१, १२ : १८
मङ्गलबार, ०८ जेठ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता टाइगर श्राफ हालै ‘बडे मियाँ छोटे मियाँ’मा देखिएका थिए । एक पछि अर्को गर्दै तीन ओटा फिल्म फ्लप भएपछि अभिनेताको हातमा एउटै फिल्म नभएको र पारिश्रमिक पनि ७० प्रतिशतसम्म कम गर्न सल्लाह आइरहेको खबर आएको थियो । 

यसैबिच अभिनेताले धर्मा प्रोडक्सनको फिल्म पाएको खबर आएको छ । पछिल्लो केही दिनदेखि फिल्मबारे कुराकानी गर्न टाइगर श्राफ र करण जोहरबिच लगातार भेटघाट भइरहेको थियो । अब भने फिल्म अभिनेताको हातमा आएको बताइएको छ । मेगा बजेट फिल्मका लागि दुवैले हात मिलाएका छन् ।

करण जोहरले यो फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागेका र धेरै पटक स्क्रिप्ट पढेर छलफल गरेपछि टाइगर श्राफ र करण जोहर निष्कर्षमा पुगेको भन्दै हालै पिंकभिलाले फिल्म निकट स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । आगामी  वर्ष ठूलो पर्दामा टाइगरको पुनरागमनका लागि दुबैले हात मिलाएका छन् । फिल्मको विस्तृत विवरणबारे चर्चा भइरहेको बताइएको छ । यो चलचित्रको आधिकारिक घोषणा जुनको अन्त्यसम्ममा हुने अनुमान छ ।

फरक लूकमा देखिनेछन् टाइगर

खबरका अनुसार टाइगर श्राफको यो फिल्म उनका अघिल्ला सबै फिल्मभन्दा फरक हुने छ । फिल्म भव्य रुपमा मनोरञ्जनले भरिपूर्ण बनाइने छ । फिल्ममा टाइगरको चरित्र उनले विगत १० वर्षमा खेलेका सबै पात्रभन्दा फरक हुने बताइएको छ । यसअघि टाइगर श्राफ र करण जोहरले फिल्म स्टुडेन्ट अफ द इयर २ मा सँगै काम गरिसकेका छन् ।

२०१९ मा रिलिज भएको यो फिल्म करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको थियो । कामको कुरा गर्नु पर्दा टाइगर छिट्टै रोहित शेट्टीको कप युनिभर्सको अर्को फिल्म सिंघम अगेनमा एसीपी सत्यको भूमिकामा देखिँदै छन् । यसबाहेक उनी ईगलमा पनि देखिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप