रातिको खानाले तपाईँको तौल त बढाइरहेको छैन ?
काठमाडौँ । 'गलत खानेकुरा अनि खानपिनको गलत तरिका' दुवैले जोकोहीको तौल बढाउन सक्छ । हामीले खाना खाएपछि केही यस्ता गल्ती गर्दछौँ जुन तौल वृद्धिको कारण पनि बन्न सक्छ । लामो समयसम्म त्यही गल्ती दोहोर्याउँदा मोटोपनाको समस्या देखिन सक्छ । के हुन् त्यस्ता गल्तीहरू ?
रातिको खाना खाएपछि चिया वा कफीको सेवन सकेसम्म गर्नुहुन्न । यस्तो गर्दा कफी र चियामा भएका क्याफिनले आइरन र क्याल्सियमको अवशोषणमा अवरोध उत्पन्न गर्छ । खाना खाने बित्तिकै धेरै पानी पनि पिउनु हुन्न । पानीसँगै पेटभित्रका खाना पचाउन मद्दत गर्ने एसिड बाहिर निस्किन्छ । खाना राम्ररी पच्दैन र यसले पनि तौल बढाउन सक्छ ।
खाना खाने बित्तिकै भारी व्यायाम गर्नु हुन्न । यसो गर्दा खानामा भएको पौष्टिक तत्त्व सोस्ने काम सुस्त हुन्छ । खाने खाने बित्तिकै गुलियो वा हल्का पेय पदार्थ खाँदा पनि अतिरिक्त चिनी शरीरमा जान्छ र तौल बढाउँछ । रातिको खानामा मानिसहरू प्रायः फाइबर कम भएको खानेकुरा खान्छन् । जसका कारण खाएको केही समयपछि नै भोक लाग्न थाल्छ । अनि के खाऊँ के खाऊँ भएर मिठाई, चकलेट आदि खान्छन् । यस्तो गर्दा अतिरिक्त क्यालोरी शरीरमा पुग्छ र तौल बढ्छ । रातिको खाना खाएलगत्तै सुत्नु हुन्न । तर खाएको कयौँ घण्टापछि सुत्नु पनि गलत हो । खाना खाएको समय र सुत्ने समयबिच ३ घण्टाको फरक हुनु पर्छ ।
रातिको खानामा प्रशस्त मात्रामा फाइबर युक्त खानेकुरा खानु पर्छ । खाना सधैँ एक समयमा खानु पर्छ । खाना खाएपछि ३० मिनेट बसेपछि थोरै हिँडडुल गर्नु पर्छ । लामो समयसम्म भोकै पनि रहनु हुन्न । यस्तो गर्दा धेरै खाना खाइन्छ । पर्याप्त मात्रामा पानी पनि पिउनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
-
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादन भने बढ्यो
-
पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?
-
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, विदेशी मुद्रा कसको मूल्य कति ?