शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

६३ वटा विधेयक सरकारको पहिलो प्राथमिकतामा (सूचीसहित)

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सूचीमै परेन
मङ्गलबार, ०८ जेठ २०८१, ११ : ४०
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा अवरोध गरिहरेको छ ।  यहीबीचमा सरकारले जारी अधिवेशनमा संसदमा पेस गर्नुपर्ने भन्दै केही विधेयकहरूको प्राथमिकता निर्धारण गरेको छ। 

सरकारले अघिल्लो हिउँदे अधिवेशनमै पास गर्नुपर्ने कतिपय विधेयकहरूलाई फेरि प्राथमिकता निर्धारण गरेको हो । जसअनुसार सरकारले पहिलो प्राथमिकतामा ६३ विधेयकलाई राखेको छ। दोस्रो प्राथमिकतामा ३८ र तेस्रोमा १५ विधेयकलाई राखिएको छ। 

यी विधेयक संसदमा पेस गर्नका लागि सरकारले कानुन मन्त्रालयवाट स्वीकृति समेत लिएर कानुनी प्रारूप मिलाएको छ। केही विधेयकहरू भने संसद् सचिवालयमा दर्ता भएर रोकिएका छन् ।

 सरकारको पहिलो प्राथमिकतामा रहेको विधेयकमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक मात्र नयाँ रहेको छ।

 प्रधानमन्त्री कार्यालय तथा कानुन मन्त्रालयले संयुक्त रूपमा विधेयकको प्राथमिकता निर्माण गरेका हुन् । सरकारले यसरी तयार गरेका विधेयकहरू केही कानुन मन्त्रालय मार्फत पेस गर्ने सरकारको तयारी छ भने अन्य विधेयकहरू सम्बन्धित मन्त्री मार्फत पेस गर्ने तयारी छ। 

सरकारले यसरी निर्धारण गरेका विधेयकहरू मध्ये अधिकांश विधेयकहरू संसद् सचिवालयमा दर्ता भएर विचाराधीन रहेका छन् । संसद्को हिउँदे अधिवेशन कानुन बनाउने अधिवेशन भए पनि उक्त अधिवेशन राजनीतिक दलहरूका बिचमा सहमति र सरकारले  पहल लिन नसक्दा अधिकांश पेस नै भएनन् । 

संसद्को पहिलो काम कानुन बनाउने भए पनि सरकार र प्रमुख प्रतिपक्ष सरकार बनाउने अनि विरोध गर्ने कार्यमै सीमित हुँदा कानुन संसदमा पुग्न नसकेको देखिन्छ । 

त्यस्तै यो अवधिमा संसदबाट पारित गर्नुपर्ने केही महत्त्वपूर्ण विधेयकहरू संसद्को समितिमा पुगेर अलपत्र भएका पनि छन् । जस्तो सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक ,नागरिकता सम्बन्धी विधेयक र निजामती कर्मचारी सम्बन्धी विधेयक तत्काल पारित हुनुपर्ने थियो । 

यी विधेयकहरू पटक पटक समितिमा छलफल भए पनि पारित हुन सकेका छैनन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक २०६३ सालमा संविधान जारी भएपछि एक वर्षभित्रै निर्माण हुनुपर्ने थियो । तर अहिले पनि सरकारको प्राथमिकतामा मात्र परेको छ। 

त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौता लगत्तै निर्माण गर्नुपर्ने थियो । हालसम्म उक्त विधेयक सरकारको प्राथमिकतामा मात्र पर्ने गरेको छ भने सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग मध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले यो विधेयक तत्काल ल्याउन विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएको छ। 

पहिलो प्राथमिकतामा रहेका विधेयकहरू 

1

2

3

दोस्रो प्राथमिकतामा रहेका विधेयकहरू 

438095093_7719451851430914_2518108013551712441_n

438083505_428430126607678_2963067513386595471_nतेस्रो प्राथमिकतामा रहेका विधेयकहरू

438095273_419344851011127_3857747208811784405_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप