ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
मङ्गलबार, ०८ जेठ २०८१, ११ : ५१

काठमाडौँ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजो सोमबारको तुलनामा आज सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ थियो । जुन, आज घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० थियो भने आज तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँ छ ।
यसबाहेक आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो १९ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ८५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीले बगाएको सिस्नेरी सडक पुनः निर्माण गर्न २ प्याकेजमा ठेक्का
-
कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक
-
इस्लाम धर्मावलम्बीको पर्व रमजान भोलिदेखि
-
रिंकु सदा हत्याको दोषीलाई कारबाही नगरे आन्दोलन
-
विमला तुम्खेवाका तीन कविता
-
‘नारायणहिटीमा राखिएको श्रीपेच राजालाई लगाउँछौँ’, तस्बिरहरू