प्रदीपको ‘एक्लो’मा बेलायती स्टार जेमी बेकनले अभिनय गर्ने

काठमाडौँ । बेलायती स्टार जेमी बेकनले नेपाली फिल्म ‘एक्लो’ अभिनय गर्ने भएका छन् । प्रदीप शाहीले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का देखिँदै छन् ।
निर्देशक शाहीले सामाजिक संजाल फेसबुकमा जेमी र प्रदीपको तस्बिर शेयर गर्दै जेमीसँग नेपाली फिल्ममा सहकार्य हुन लागेको जानकारी दिएका हुन् ।
‘प्रतिभाशाली बेलायती अभिनेता जेमी बेकनले नेपाली फिल्म अन्तर्राष्ट्रिय साइन्स फिक्सन थ्रिलर फिल्म अभिनय गर्ने घोषणा गर्न पाउँदा गर्व लागेको छ’, प्रदीपले अगाडि थपेका छन् ‘हाम्रो फिल्ममा उनको प्रतिभा र उपस्थत पाउनु राम्रो कुरो हो ।’ उनले यो फिल्मको विषयलाई लिएर हलिउड मिडियामा समाचार बन्नु खुसीको कुरो रहेको समेत उल्लेख गरेका छन् ।
फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । शाहीले यसअघि फिल्म ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए । जसको प्रदर्शन २०८० मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
युक्रेनबाट जेलेन्स्कीलाई लखेट्न चाहन्छन् मस्क
-
विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको नमिठो हारको बदला लिने धुनमा भारत
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा