शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि नेतान्याहु क्रुद्ध, अमेरिकाको समर्थन

मङ्गलबार, ०८ जेठ २०८१, ०९ : ३१
मङ्गलबार, ०८ जेठ २०८१

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभिआयोजकले हमास नेताहरूका साथ आफ्नो लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन्। नेतान्याहुले ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्न’ अस्वीकार गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुको भनाइ दोहोर्‍याए। बाइडेनले इजरायल र हमासबिच कुनै तुलना हुन नसक्ने बताए।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजक करीम खानले गाजामा भएको युद्ध अपराधका लागि नेतान्याहु र इजरायलका रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने आधारहरू रहेको बताएका छन्। आईसीसीले गाजामा हमास नेता याह्या सिनवार विरुद्ध युद्ध अपराधको लागि पक्राउ पुर्जी पनि मागेको छ।

इजरायल र यसको महत्त्वपूर्ण सहयोगी अमेरिका आईसीसीक सदस्य होइनन्। यो अदालत सन् २००२ मा स्थापना भएको हो । आईसीसी अभियोजकले  इजरायलले गाजा युद्धमा नागरिकहरू विरुद्ध 'भोक' लाई हतियारको रूपमा प्रयोग गरेको  र यसबारे उनीहरूसँग बलियो प्रमाण रहेको आरोप लगाएको छ ।

अभियोजकले इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणको सम्बन्धमा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा तीन हमास नेताहरू विरुद्ध पक्राउ पुर्जी पनि मागेका छन्।

यो निर्णय स्वतन्त्र र निष्पक्ष छानबिनको नतिजा भएको अभियोजकको भनाइ छ । अब अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने निर्णय गर्नेछन्।

इजरायलका राष्ट्रपति नेतन्याहुले आफ्नो गिरफ्तारीको मागलाई ‘बेतुका र झुटो’ भनेका छन् । हिब्रू भाषामा जारी एक विज्ञप्तिमा उनले सोधे, ‘आईसीसीले हमास र इजरायलको तुलना गर्ने हिम्मत कसरी गर्‍यो? यो तुलना सत्यलाई तोडमोड गर्नु जस्तै हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप