‘फर्की फर्की’बाटै अभिनयमा जम्ने आसमा समृद्धि
काठमाडौँ । समृद्धि अर्याल नेपाली फिल्मका लागि नव अभिनेत्री हुन् । आगामी १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’बाट उनी नेपाली फिल्ममा डेब्यू गर्दै छिन् ।
हङकङमा जन्मिए र भारतमा पढेकी उनी हङकङमा रहँदा अभिनेता अनमोल केसीको फिल्म हेर्थिन् । केसीलाई भेट्न मन लाग्थ्यो । संयोग पनि कस्तो अहिले उनले अनमोलको फिल्मबाट रजतपटमा डेब्यु गर्दै छिन् ।
फिल्मबाट अभिनेत्रीको रूपमा छाउने आफूले आस गरेको उनले बताइन् । ‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदै छु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ’, उनले थपिन् ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक चरित्र छ ।’ यो फिल्म अभिनयको पहिलो भएपनि यसैबट जम्ने आश गरेको उनले सुनाइन् ।
समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक छ । एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए । सोहीबेला उनको निर्माता रोहित अधिकारीसँग भेट भयो । रोहित फिल्मको लागि एउटा केटीको खोजीमा थिए । रोहितले उनलाई अडिसनका लागि बोलाए । उनले अडिसन दिइन् र फिल्ममा छानिइन् ।
अभिनयप्रति समृद्धिलाई सानैदेखि रुचि थियो । उनले मोडलिङ हल्काफुल्का सिके पनि कलाकार हुन्छु भन्ने उनलाई लागेको थिएन । तर बुवाले मुम्बईमा अभिनयको इन्स्टिच्युट खोजेर उनलाई भर्ना गरिदिए । त्यहाँ उनले तीन वर्ष अभिनय कक्षा लिइन्
‘तीन वर्षको अध्ययन पछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ । क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकेँ । क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे । कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ । त्यसपछि बिस्तारै आत्मविश्वास बढ्यो’, उनले भनिन् ।
समृद्धि आफ्नो कामबाट खुसी छिन् । नाम चलेका कलाकारसँग ठुलो ब्यानरमा अभिनय गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् । निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र फिल्मका कलाकारको काम गर्ने शैलीबाट उनी प्रभावित रहिछन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
-
निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित हुँदैन: कांग्रेस
-
माओवादीसँग एकताबाट पछि हटेको हल्ला सत्य होइन : विप्लव
-
काजकिस्तानमा विमान दुर्घटना भएको हो कि खसालिएको हो ?
-
भारत फर्किए सोनु निगम
-
वैदेशिक राेजगार स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग