उपेन्द्र यादवको रिटमा आज पेशी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी सर्यो, उता प्रधानमन्त्रीले विश्वासको मत लिए । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।
यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत