फेमिस प्रणालीमा पुनः समस्या, श्रम स्वीकृतिमा अवरोध

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृति लगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।
उक्त समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले जनाएको छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि केही महिना अगाडि फेमिसमा समस्या आएको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।
विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले जीआईडीसीमा विहानैदेखि समस्या आएकाले फेमिसमा समेत समस्या आएको बताए । विभागको सर्भर क्षमता कमजोर हुँदा विभागले जीआईडीसीको सर्भरबाट काम गर्दै आएको छ । उक्त सर्भरमा समेत समस्या आएपछि फेसिम सर्भरमा पनि समस्या आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू