गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रवि लामिछानेलाई चुनौती

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थापामाथि विभिन्न आक्षेप लगाएपछि झाँक्री बचाउमा उत्रिएकी हुन् ।
‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउने (रवि लामिछाने)ले पूरा गर्नुपर्छ, हेक्का रहोस्,’ सोमबार सामाजिक सञ्जालमा उनले लेखेकी छन् । झाँक्रीले कांग्रेस महामन्त्री थापा आन्दोलनकाे नेता भएको भन्दै युवाहरूको राजनीतिक आइकनका रूपमा चित्रित गरेकी छन् ।
‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, झाँक्रीले भनेकी छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले लामो समयदेखि संसदमा आवाज उठाइरहेको छ । महामन्त्री थापा आफूविरुद्ध आक्रामक बनेपछि लामिछानेले सदनमा तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म