सिंहदरबारलगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’
को–को जुध्न आउने हो आए हुन्छ भन्दै मेयर शाहले कसैलाई बाँकी नछोड्ने उल्लेख गरेका छन् । काठमाडौँ महानगरको फोहोर बोकेर माओवादी पार्टी कार्यालय पेरिसडाँडा जाँदै गरेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि मेयर शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु