शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु

सोमबार, ०७ जेठ २०८१, १७ : ४६
सोमबार, ०७ जेठ २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको कवर्धामा सोमबार भएको एक सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य १०/१२ जना घाइते भएको बताइएको छ ।

बहपानी इलाका नजिक पिकअप गाडी सडकबाट अनियन्त्रित भएर २० फिट गहिरो खोँचबाट खसेर सडकमा झरेको थियो । पिकअपमा २५ देखि ३० जना सवार रहेको बताइएको छ ।

पिकअप पल्टिँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय र स्थानीयहरूको मद्दतमा घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो । 

उपचारका क्रममा अन्य ४ जनाको मृत्यु भएको थियो । थप ४ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा १४ जना महिला भएको बताइएको छ । बैगा आदिवासीहरू जङ्गलबाट तेन्दूपत्ता टिपेर आफ्नो गाउँ फर्किरहँदा दुर्घटना भएको बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप