ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ घर भएका ५१ वर्षीय समसुद्दिन खाँ पठान छन् ।
उनलाई टोखा नगरपालिका–९ स्थित शिव चोकबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले पीडितलाई २०७९ चैत ९ मा ओमान पुर्याएका हुन् । मासिक ४० हजार तलब हुने लोभ देखाएर उनले काठमाडौँबाट भारत पुर्याई भारतको मुम्बईबाट पीडितलाई ओमानमा पठाएका हुन् ।
ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी मिश्रले जानकारी दिए । ब्युरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ ।
आरोपीविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम