महाकालीमा बेपत्ता किशोरको खोजीमा गोताखोर परिचालन
कालीगण्डकीमा हामफालेका पुरुषको अवस्था पनि अज्ञात
सोमबार, ०७ जेठ २०८१, १६ : ०२
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ ढकना स्थित महाकाली नदीमा बेपत्ता भएका किशोरको खोजीमा गोताखोर परिचालन गरिएको छ । नारायणी चौराहा घर भएका १६ वर्षीय विष्णु सुनार जेठ ५ मा नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् ।
उनको खोजीमा नम्बर–७ वैद्यनाथ बाहिनी अत्तरियाबाट गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
स्याङ्जाको गल्याङ नगरपालिका–५ स्थित कालीगण्डकीमा हामफालेका टेक प्रसाद डुम्रेको अवस्था अज्ञात छ । बालिङ नगरपालिका–१४ घर भएका ५६ वर्षीय डुम्रेको खोजीमा पनि गोताखोर परिचालन गरिएको छ । आइतबार बिहान उनी नदीमा हामफालेका हुन् । उनको खोजीमा नम्बर–२४ कालिका गण कास्कीबाट गोताखोर पठाइएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
-
भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)