सभामुखको कदम परिस्थितिजन्य : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिपक्षको विरोधकाबिच संसद्को कारबाही अघि बढाउनु सभामुखको परिस्थितिजन्य कदम भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विपक्षीको अवरोधकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए ।
‘सामान्य र नियमित कार्यसूचीमा असहमति जनाउनु/अवरोध गर्नु एउटा विषय हो । तर संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल हो’, एमाले सचिव समेत रहेका भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । साथै उनले सभामुखको कदमलाई परिस्थितिजन्य उपजका रूपमा लिनुपर्ने पनि बताएका छन् ।
‘सभामुखको कदम परिस्थितिजन्य र संवैधानिक बाध्यताको उपजका रूपमा लिनुपर्दछ’, भट्टराईले भनेका छन् । अन्य विषयमा आपसी संवाद र छलफलका माध्यमबाट समाधानमा पुग्ने कोसिसलाई जारी राख्नुपर्ने भन्दै भट्टराईले संवैधानिक बाध्यता नहुँदा नहुँदै विगतमा एमालेलाई बेलमा राखेर गर्नु नगर्नू गरेको पनि कांग्रेसलाई स्मरण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर