गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ

काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भएर ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने २८ वर्षीय विजय लामा छन् ।
२०८० फागुन १७ मा उनीहरुले काठमाडौँ–३२ कोटेश्वरस्थित केएलसी क्लव अगाडि राजन बरुवाललाई अङ्गभङ्ग हुनेगरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
उनीहरु ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन् । मिलन पटक–पटक अपराधमा संलग्न रहेको भेटिएको छ । उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवासम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्ड भेटिएको छ ।
उनीविरुद्ध बानेश्वर प्रहरीले २०७४ पुसमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । प्रहरी वृत्त महाराजगन्जले उनीविरुद्ध अभद्र व्यवहार, गौशाला प्रहरीले अभद्र व्यवहार तथा डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डबाट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा