सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।
मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे ।
मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि(मंगलवार) बस्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी