आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

‘१२ गाउँ’ को छायाङ्कन सुरु

सोमबार, ०७ जेठ २०८१, १४ : १३
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । फिल्म ‘१२ गाउँ’ को छायाङ्कन सुरु भएको छ । अभिनेता बिराज भट्टको निर्देशन रहने फिल्मको छायाङ्कन सोमबारदेखि ललितपुरको हात्तीवनबाट सुरु गरिएको हो । 

विराजका छोरा समीरले डेब्यु गर्न लागेको फिल्ममा  पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई पनि फिल्म अभिनयमा डेब्यु गर्दैछन् । 

ललितपुरपछि वीरगन्ज, हेटौँडा लगायतका स्थानमा छायाङ्कन हुने फिल्ममा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय रहनेछ ।

४५ दिनको सेडुलसहित सुरु भएको फिल्मका छायाकार महेश पौडेल हुन् । फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरको द्वन्द्ध फिल्ममा रहनेछ । एक्सन–थ्रिलर जनरामा फिल्म बन्न लागेको हो । फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप