समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
कला, साहित्य र पत्रकारिताका माध्यमबाट कर्णालीको हक र अधिकारका बारेमा आवाज उठाउँदै आएका समर हुम्लीका ११ वटा पुस्तकका बारेमा यस आलेखमा चर्चा गर्दै छु । हुम्ला सदरमुकाम सिमीकोटका स्थायीवासी हुम्लीका यी पुस्तक विशेषगरी हुम्लाकै बारेमा केन्द्रित छन् ।
२०७८ साउन ९ गते छोराको हृदयघातबाट निधन भएपछि चिन्तामा डुबेका हुम्लीले शोकलाई शक्तिमा बदल्दै छोराको सम्झनामा पुस्तक प्रकाशन गर्ने अठोट लिएका रहेछन् । स्वर्गीय छोरा पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृति विशेषका रूपमा उनले यी पुस्तक प्रकाशन गरेका हुन् ।
दशवर्षे माओवादी जनयुद्धका क्रममा समेत हुम्लाका गाउँ–गाउँ पुुगी जनचेतना फैलाएर हुम्लीले जनयुद्धलाई सहयोग गरेका थिए । युद्धकालमा रिपोर्टिङका क्रममा उनले यो पङ्क्तिकारसँग सहकार्य समेत गरेका थिए ।
छोराको हृदयघातबाट निधन भएपछि चिन्तामा डुबेका हुम्लीले शोकलाई शक्तिमा बदल्दै छोराको सम्झनामा पुस्तक प्रकाशन गर्ने अठोट लिएका रहेछन् । स्वर्गीय छोरा पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृति विशेषका रूपमा उनले यी पुस्तक प्रकाशन गरेका हुन् ।
हुम्लीको कानुनी नाम कर्णबहादुर रोकाया हो, हरेक प्रकारका लडाइँ र सङ्घर्ष जित्ने आँट हुँदैनथ्यो भने कर्णबहादुरले आफ्नो उपनाम समर राख्दैनथे । उनले किताब प्रकाशन मात्रै गरेनन्; पश्चिम नेपालदेखि लिएर राष्ट्रिय राजनीति, कला, साहित्य र पत्रकारितामा दख्खल राख्ने सबै बुुद्धिजीवीहरूको हात–हातमा समेत आफ्ना पुर्याए ।
गएको चैतको पहिलो साता हुम्ला आउने क्रममा यो पङ्क्तिकारसँग नेपालगन्जको एयरपोर्टमा भेट भयो । भलाकुसारीकै क्रममा आफूले जीवनमा अनगन्ती ठक्कर खाए पनि नआत्तिई आफ्नो मिसनमा अगाडि बढिरहेको बताएका थिए र भनेका थिए, ‘यो सानो उपहार ल्याएर आएको छु, पढेपछि प्रतिक्रिया दिनुहोला है !’
समर हुम्ली नेपाल पत्रकार महासङ्घ, हुम्लाका पूर्वअध्यक्ष हुन् । हिमाली मुस्कान पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले हुम्लाबाट प्रकाशित हुने कचहरी दैनिक, ३६५ टुडे अर्धसाप्ताहिक, हुम्लीश्री मासिक लगायत पत्रिकामा पनि आबद्ध भएर काम गरे । यति मात्र होइन, उनले विद्युतीय सञ्चारमाध्यम कचहरी डटकम र कनकपत्र डटकम पनि सञ्चालन गरेका छन् ।
गैसस महासङ्घ, नेपाल पर्माकल्चर, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक उपभोक्ता महासङ्घ जस्ता विभिन्न सामाजिक सङ्घ–संस्थामा समेत क्रियाशील रहेका छन् । यस्ता थुप्रै खालका सामाजिक सेवामा सक्रिय हुँदाका बखत देखेका, भोगेका र बुझेका कुरालाई पुस्तकमा चित्रण गरेका छन् समर हुम्लीले ।
हुम्ला जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा सामाजिक परिवेश समेटिएकाले यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ । उनका यी पुुस्तक पत्रकार, लेखक, जिज्ञासु सर्वसाधारणसँगै राजनीतिकर्मीका लागि पनि उत्तिकै प्रेरणादायी हुन्छन् भन्ने मेरो विश्वास छ ।
यी पुुस्तक हेर्दा मलाई पछुतो लाग्यो, किनभने मैले आफ्नो जीवनकालमा र युद्धपत्रकारिताका क्रममा हजारौँ शब्द खर्चें । सयौँ सिर्जना रचना गरेँ र त्यत्तिकै मात्रामा कथा लेखेँ, तर तिनलाई संरक्षण गर्न सकिनँ । त्यसैले अबका दिनमा कलमजीवीले समरबाट सिक्न जरुरी छ भन्ने मलाई लागेको छ । उनले लेखेका पुस्तक यस प्रकार छन् ः
१) जुनकिरीको उज्यालो
यस पुस्तकमा हुम्ली समाजका सम्भावना र अवसरका बारेमा जानकारी गराइएको छ । यसमा हुम्लाको भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक तथा जैविक विविधताका बारेमा उल्लेख गरिएको छ ।
यसमा भग्री व्यावसायदेखि लिएर जुनकिरीको उज्यालोसम्मका ११ वटा आलेख समेटिएका छन् ।
२) गणतन्त्रमा हुम्ला
देशको आमूल परिवर्तन गर्न हुम्ली जनताले पनि महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । माओवादी सशस्त्र सङ्घर्षमा समेत उनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यही वास्तविकतालाई वकालत गरेको छ यस पुस्तकले । यसमा पाँच अध्याय रहेका छन् । हुम्लामा भएका गणतान्त्रिक आन्दोलनदेखि लिएर सङ्घीयताका लागि हुम्ली जनताले गरेका आन्दोलनका बारेमा लेखिएका सामग्री समाविष्ट छन् ।
३) हुम्लामा मुख्य अन्न
यो तेस्रो प्रकाशनमाला हो । यसमा उच्च हिमाली जिल्ला हुम्लामा उत्पादन हुने प्रमुख अन्नबालीका बारेमा जानकारी गराउने प्रयास गरिएको छ । दुईवटा खण्डमा बाँडिएको यस पुुस्तकमा पहिलो खण्डमा प्रमुख बाली र अर्कोमा हुम्लाको खाद्यान्न अवस्थाका बारेमा चित्रण गरिएको छ ।
४) हुम्लाका चाडपर्व
हुम्लाको सांस्कृतिक सम्पदा र सामाजिक संस्कारसम्बन्धी जानकारी गराउने पुस्तक हो, ‘हुम्लाको चाडपर्व’ । हुम्लामा मनाइने साउने पूर्णिमा, भुओ आदि पर्वका बारेमा जानकारी गराइएको छ । आठवटा आलेख रहेको यो पुस्तक पनि एक महŒवपूर्ण पठनीय सामग्रीका रूपमा छ ।
५) हुम्लाको पाइतो
हुम्लाको आर्थिक, सामाजिक, जैविक, पर्यटकीय, शैक्षिकलगायत विभिन्न क्षेत्रको बारेमा जानरी दिने पुस्तक हो ‘हुम्लाको पाइतो’ । यसमा १३ वटा आलेख छन् ।
६) नारा चंखेली
ग्रामीण पत्रकारिताको सिलसिलामा उनले जिल्लाका धेरै ठाउँमा यात्रा गरेका छन् । यसै सन्दर्भमा ओझेलमा परेका ऐतिहासिक स्थलका बारेमा जानकारी दिने उद्देश्यले यो पुुस्तक तयार गरिएको बताइएको छ ।
७) ॐ मरुत्
यस कृतिमा हुम्ला जिल्लाको पर्यटन सम्भावना, हुम्ली शब्दसम्पदा, मस्टो देवता आदि विषयवस्तु प्रस्तुत गरिएका छन् । यस पुस्तकमा खोजमूलक विषयवस्तुमा आधारित ६ वटा आलेख छन् ।
८) कोभिड–१९ मा हुम्ला
यस पुस्तकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट हुम्लाले भोग्नुुपरेको समस्या र त्यसको रोकथामका लागि गरिएको प्रयासका बारेमा चर्चा गरिएको छ । कोरोना महामारीका बेला जिल्लामा भएका राहत र उद्धारका कामलाई समेटिएका स–साना आलेख र समाचार प्रस्तुुत गरिएका छन्, यस पुस्तकमा ।
९) हिउँ लोकसुसेली
हिउँ र हुम्ला एक–अर्काका पर्याय हुन् । त्यसैले लेखकले हिउँ सुसेली नामले हुम्लाको लोकसाहित्यका बारेमा यस पुस्तकमा प्रस्तुत गर्न खोजेका छन् । हुम्लामा हिउँ शब्दलाई समेटेर विभिन्न लोकसाहित्यको सिर्जना गरिन्छ । यसमा हुम्ला र हिउँ, यसको भावार्थ, हिउँ लोकसुसेलीको अध्ययन जस्ता आलेख राखेर हुम्ला र हिउँसँग सम्बन्धित भएर लेखिएका विभिन्न लोकसाहित्यका बारेमा चर्चा गर्न खोजिएको छ । यसमा पाँचवटा आलेख छन् ।
१०) अङ्कमा हुम्ला
यस पुस्तकका माध्यमबाट लेखक समरले हुम्लाको आर्थिक अवस्थालाई चित्रण गर्न खोजेका छन् । कुन आर्थिक वर्षमा के कति बजेट उपलब्ध भयो भन्ने कुरालाई सुन्दर ढङ्गले विश्लेषण गरिएको छ ।
११) स्थलगत लिमी
यो पुस्तक नेपालको जैविक, सांस्कृतिक तथा प्राकृतिक रूपमा खुला विद्यालयको रूपमा परिचित हुम्ला जिल्लाको लिमीका बारेमा आधारित छ । यसमा लिमीको स्थान नाम यात्रा, स्थलगत लिमी र लिमीका शब्दसम्पदा गरी तीनवटा आलेख छन् ।
प्रस्तुत पुस्तकका माध्यमबाट लेखकले जिल्लाका समस्यालाई उजागर मात्र गरेका छैनन्, सम्भावनाको खोजी पनि गरेका छन् । केही समय पुत्र वियोगले थलिएका समरलाई मुटुको उपचार गराउन झन्डै एक वर्ष राजधानी काठमाडौँमै बस्नुुपर्ने भयो । यही अवधिमा उनने यी पुुस्तक लेखेका हुन् ।
पुष्कर फाउन्डेसनको सहयोगार्थ कचहरी मिडिया हाउसले प्रकाशन गरेका यी पुुस्तक हुम्लाका बारेमा खोज–अनुसन्धान गर्ने वा जान्न तथा बुुझ्न चाहनेका लागि सन्दर्भ सामग्री हुने देखिन्छ ।
यी ११ पुस्तकको जम्मा मूल्य दुई हजार रुपैयाँ रहेको छ । छोराको स्मृतिमा प्रकाशन गरिएका यी पुस्तक बिक्री–वितरणबाट आएको रकमले अक्षय कोषको स्थापना गर्ने र त्यसबाट आएको ब्याजले सिर्जनशील कार्यमा खर्च गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना