विश्वासको मत
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
सोमबार, ०७ जेठ २०८१, १३ : ४४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीले एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।
यसअघि १५७ मत पाएका उनले उक्त मत कायम राखेका छन् । सोमबारको विश्वासको मतमा कुल १५८ सांसदले भाग लिएका थिए ।
तीमध्ये १५७ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पाइएको छ। सत्ता गठवन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ अनुपस्थित भए ।
एमालेकै सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका क्रममा निलम्बनमा रहेका छन् ।
नेकपा एमाले-७६
माओवादी-३२
रास्वपा-२१
एकीकृत समाजवादी-९
अशोक राई-७
नाउपा-३
जनमत-६
प्रभु साह-१
अमरेशकुमार सिंह-१
योगेन्द्र मण्डल-१
कुल-१५७
मत दिन्न-१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना