सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा
सोमबार, ०७ जेठ २०८१, १५ : ३७

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए । कांग्रेस सांसदहरू बेल घेराउ गरेर नाराबाजी गरिरहँदा शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संसद्मा आज सभामुख देखिनँ ।
‘देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र’ उनले भनेका छन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते