संसद् बैठक
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
सोमबार, ०७ जेठ २०८१, १२ : ३१

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातिएको बताएका छन् । उनले माकुराको जालो च्यातिएपछि कांग्रेसले संसद्मा अहिले क्रिया प्रतिक्रिया देखाइरहेको आरोप लगाए ।
सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार कांग्रेसलाई गर्न आग्रह गरे । उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे ।
उनले बोल्दै गर्दा कांग्रेसका सांसदहरूले बेल घेरा गर्दै निरन्तर होहल्ला र नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल निर्माणमा संलग्न सबैमाथि अनुसन्धान गर्न लेखा उपसमितिको सुझाव
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ