लाइसेन्स घोटाला प्रकरण : थप दुई जना कम्प्युटर अपरेटर पक्राउ

काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपाने र इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी छन् ।
लाइसेन्स घोटालामा हालसम्म पक्राउ पर्नेका सङ्ख्या ११ पुगेको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए।
यसअघि यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डे सहित ९ जना पक्राउ परेका थिए । हालसम्म पक्राउ पर्नेमा अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्ट, लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बास्तोला, बिर्जु कुमार चौधरी र वसन्त पाण्डे छन् ।
आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा