संसद् बैठक
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
सोमबार, ०७ जेठ २०८१, ११ : ३८
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् ।
सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरे । कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।
उनीहरुले संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाउने काम जारी राखेछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको विषयमा ८ दलीय मधेसी मोर्चा किन मौन ?
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न