ताइवानमा लाई चिङ टेले लिए राष्ट्रपतिको शपथ

ताइपेई । ताइवानमा लोकतान्त्रिक प्रगतिशील पार्टीका लाई चिङ तेहले सोमबार नवनिर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
पदभार ग्रहणपछि लाई ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति बनेका छन् । सन् १९९६ मा ताइवानमा पहिलो प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन भएको थियो। लाइले ताइवानको राजधानी ताइपेईस्थित राष्ट्रपति कार्यालय भवन बाहिर उद्घाटन सम्बोधन गरेका छन् । बिहानको समारोहपछि ताइवानको राष्ट्रपतिको रूपमा उनको चार वर्षे कार्यकालको सुरु भएको छ ।
बेइजिङको धम्कीको विरोध गर्दै उनले ताइवानको सुरक्षा बढाउने बताएका छन् । वासिङ्टन र अन्य पश्चिमी साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्ने पनि उनले बताएका छन् । युक्रेनलाई निरन्तर अमेरिकी समर्थनले वाशिङ्गटनसँगको ताइवानको सुरक्षा लाईफलाइनलाई खतरा नपार्ने लाई निकटका अधिकारीहरूले बताएका छन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति साई इङ–वेन पनि उपस्थित थिए । लाइका विरोधीहरूले चाहिँ उनले देशलाई सुरक्षा गतिरोधमा पुर्याउने जोखिम लिइरहेको बताइरहेका छन् । बेइजिङसँग वार्ता हुन सकेको छैन न त उनी चीनसँग द्वन्द्वका लागि तयार रहेको विरोधीहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान