राजनीति
बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक
सोमबार, ०७ जेठ २०८१, १० : ५८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको छ । बैठक अहिले ११ बजे संसद् भवनमा बस्नेछ । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकार पक्षले विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राखेपछि कांग्रेसले विश्वासको मत लिन नदिने चेतावनी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा