न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटनमा नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरू आआफ्नै भेषभुषामा उपस्थित भएका थिए ।
पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुन्जिएको परेडमा विभिन्न संघसंस्थाका ब्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा पर्यटकहरूले विशेष रुचिका साथ अवलोकन गरेका थिए ।
नेपाली पोसाक, झण्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा नेपाली महावाणिज्य दूतावास न्यूयोर्ककी वाणिज्य दूत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्य दूत संगीता न्यौपानेलगायतको विशेष आतिथ्यता रहेको थियो ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्यि भाव प्रकट गरेका थिए । दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो । त्यतिमात्र होइन सगरमाथाको देश नेपाल, बुद्ध जन्मेको भूमि मात्र होइन हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि परेडले दिएको थियो ।
परेडका लागि अध्यक्ष हेमन्त मल्ल रहनु भएको थियो भने ई. टेम्बा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिईएको थियो । त्यस्तै पत्रकार, मोडल एवं म्यूजिक डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सात वटै प्रदेशका विशेष प्रतुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको आर्थिक संयोजन दिनदयाल भण्डारी दिनेशले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल