इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?

तेहरान । अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् । सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका हुन् ।
सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन जसको आधारमा हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र थियो भनेर भन्न सकिन्छ । उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटना जस्तै देखिन्छ। तर यस दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुर्घटनाबारे जानकारी दिइएको छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानी राष्ट्रपति रईसीको खोजीमा ठुलो मात्रामा खोज अभियान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल