सन् १९९० यताकै युनाइटेडको खराब सिजन
सोमबार, ०७ जेठ २०८१, ०७ : ०५

लण्डन । प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि २–० को जित हासिल गरेको छ । जितका बाबजुद एरिक टेन हागको टोली आठौँ स्थानमा सीमित बनेको हो ।
युनाइटेड सन् १९८९–९० सिजन यताकै सबैभन्दा तल्लो स्थानमा सिजन अन्त्य गर्न बाध्य बन्यो । उता, खेलमा नियन्त्रण बनाएर गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि ब्राइटनले बाहिरिन लागेका म्यानेजर रोबर्टो डी जेर्बीलाई सुखद् बिदाइ गर्न सकेन ।
युनाइटेडले खेलको ७३ औँ मिनेटमा डिओगो डालोटको गोलमा अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी छँदा रासमस होइलन्डले टोलीको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।
युनाइटेडले ३८ खेलबाट ६० अङ्क बटुल्दै अङ्क तालिकामा आठौँ स्थानमा रह्यो । ब्राइटनले ४८ अङ्क बटुल्दै ११ औँ स्थानमा सिजन अन्त्य गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी