कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित
सोमबार, ०७ जेठ २०८१, ०६ : ०८

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाका कारण रद्द भएको छ । गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन सकेन ।
यस्तो अवस्थामा दुवै टोलीले एक–एक अङ्क पाएका छन् । थप एक अङ्कसहित कोलकाता (२० अङ्क) पहिलो र राजस्थान (१७ अङ्क) तेस्रो स्थानमा छ ।
अब कोलकाता र हैदराबादबिच क्वालिफायर मे २१ मा अहमदाबादमा खेलिनेछ। यही मैदानमा मे २२ मा राजस्थान र बैंगलुरुबिच एलिमिनेटर हुनेछ ।
आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । यो जितसँगै हैदराबाद शीर्ष २ मा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
-
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण : के–के हुँदैछन् सम्झौता ?
-
आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
-
बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो
-
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ