गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको टिप्पणी गरेका छन् ।
उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।
उनले भने,‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृह मन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो ।’
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’
-
कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?
-
पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो