व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल

काठमाडौँ । संसदीय छानबिन समितिको टीओआर निर्माण गर्न गठित कार्यदलका सदस्य समेत रहेका रास्वपाका नेता शिशिर खनालले व्यक्तिलाई नै तोकेर छानबिन समिति गठन गर्ने कुरा जायज नभएको बताएका छन् ।
आइतबार बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एउटा व्यक्तिका कारण समग्र सहकारीमा समस्या आएको भन्ने भाष्य सत्तापक्षले निर्माण गरेकाले टीओआरमा सहमति जुट्न नसकेको बताए ।
‘बिहानदेखि नै छलफलमा छौ । सकेसम्म मिलाएर जाऔँ भन्नेमा छौँ । तर आ–आफ्नै अडानमा पनि छौ’, उनले भने, ‘समिति बन्दै गर्दा भोलि समितिले के तथ्य पत्ता लगाउँछ, कसलाई दोषी करार गर्छ त्यो त्यसै बेलाको कुरा भयो । तर आजको दिनमै कोही एक व्यक्तिलाई दोषी करार गरेर त्यसलाई नै छानबिन गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत हुँदैन हाम्रो बुझाई छ ।’
उनले आफूहरू समग्र रूपमा देशभरका लाखौँ सहकारी बचतकर्ताको समस्या समाधान गरौँ भन्ने पक्षमै रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
-
दुई पार्टीद्वारा तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग
-
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो