उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि...

नयाँ दिल्ली । बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको एक विमानको इन्जिनमा आगलागी भएपछि शनिवार राति आपत्कालीन अवतरण गरिएको छ । विमानमा सवार यात्रुहरूले दाहिने इन्जिनबाट धुवाँ निस्किएको देखेपछि विमानको आपत्कालीन अवतरण गरिएको थियो ।
आइएएक्स ११३२ जहाज १७७ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित राति ११ः१२ बजे केम्पेगौडा विमानस्थलमा अवतरण भएको थियो । त्यतिबेला विमानस्थल प्राधिकरणले आपत्कालीन स्थितिको घोषणा गरेको थियो । विमानस्थलका अधिकारीहरूका अनुसार विमान अवतरण गरेको केही मिनेटमै आगो निभाइएको थियो ।
‘कोही यात्रु घाइते भएनन्, सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न चालक दलका सदस्यहरू सफल भए । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र हामी वैकल्पिक व्यवस्थामार्फत सबै यात्रुहरूलाई जतिसक्दो चाँडो गन्तव्यमा पुर्याउने प्रयास गरिरहेका छौँ’ एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।
आइतबार बिहानको उडानमा १२२ यात्रुलाई कम्पनी कोची पठाइएको छ । बाँकी यात्रुहरूलाई अन्य उडानबाट पठाइने प्रवक्ताले बताए । बेंगलुरु कोची उडानमा समस्याको कारण पत्ता लगाउन नियामकसँगको सहकार्यमा अनुसन्धान गरिने एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।
हालैका महिनाहरूमा एयर इन्डियामा एकपछि अर्को समस्या आइरहेको छ । शनिवार तिरुवनन्तपुरमबाट बैंगलोर गइरहेको कम्पनीको अर्को उडानकाे जहाज प्राविधिक समस्या देखिएपछि तिरुचिरापल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गरिएको थियो ।
उक्त विमानमा १३७ यात्रु थिए । रिपोर्टहरूकाअनुसार, १७ मे मा पनि बेंगलुरु आउँदै गरेको एयर इन्डियाको १७५ यात्रु सवार एक विमानको अक्सलरी पावर युनिटबाट चेतावनी आएपछि दिल्ली फर्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान