४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्साह छाएको छ । नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ भने यसै दिन ५ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन सेन्सेटिभ इण्डेक्स समेत ८.३९ अंक बढेको छ । आइतबार कूल ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेका छन् । हालैमात्र दोस्रो बजारमा कारोबारमा आएको माण्डु हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट (१० प्रतिशतले) घटेको छ ।
आइतबार सेयर बजारमा उत्साह छाउनुमा भने गत शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रभाव रहेको छ । बैंकले मौद्रिक नीतिमार्फत बजारमा तरलता प्रवाह हुनेगरी घरजग्गा तथा हायर पर्चेज कर्जामा सहजिकरण गरिदिएको थियो भने थप बैंकको कर्जा असल वर्गको कर्जाको प्रोजनिक समेत घटाएको थियो । यसैको प्रभाव आइतबारको सेयर बजारमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै
-
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
-
जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-
राष्ट्र बैंकको रिपोर्टमै देखियो उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत
-
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटघाट
-
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?