लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
आइतबार, ०६ जेठ २०८१, १४ : ५७
_Z1hlSADGT4.jpg)
काठमाडौँ । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्व टोली जेठ ५ मा गएपछि स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिंह भण्डारीको नेतृत्वमा आइतबार स्वदेश फिर्ता भएको छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल