अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
सिराहा । अख्तियारको कर्मचारी हुँ भन्दै विद्यालयहरूमा गएर शिक्षक तथा कर्मचारीलाई विभिन्न त्रास देखाएर धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरक–फरक नाम र ठेगाना बताउने उनलाई प्रहरीले गोलबजार नगरपालिका–३ स्थित आधारभूत विद्यालय जरुवाबाट पक्राउ गरेको हो ।
कहिले रामध्यानि त कहिले रामपुकार यादव र ठेगाना पनि कहिले विष्णुपुर त कहिले लहान बताउने ती व्यक्तिले अख्तियारको कर्मचारी हुँ भन्दै शिक्षकहरुसँग कागजपत्र माग्ने, कक्षा कोठामा गएर बस्ने, नयाँ वनेका भवनहरूको विवरण माग गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई आइतबार नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुनिल कार्कीले जानकारी दिए ।
इन्स्पेक्टर कार्कीले विभिन्न विद्यालयबाट यस्ता सूचनाहरू आइरहेका भए पनि आज शिक्षकहरूको सहयोगमा नियन्त्रणमा लिन सफल भएको बताए । नियन्त्रणमा लिए पनि उनको व्यक्तिगत विवरण खुल्ने कुनै कागजात फेला नपरेकाले यकिन गर्ने कार्य भइरहेको उनले बताए ।
पक्राउ परेका व्यक्ति गोलबजार, मिर्चैया, सुखीपुर लगायत क्षेत्रका विद्यालयहरूमा पुग्ने र शिक्षक तथा कर्मचारीलाई त्रसित पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता